jQuery(document).ready(function($){ //
});

पूर्व राजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोनामुक्त भएसँगै नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व राजा शाह आज डिस्चार्ज भएको अस्पतालले जनाएको छ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै पूर्व राजा शाह आज राति ८ बजे अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको हो। कोरोना संक्रमण भई १९ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा शाह र पूर्व रानी कोमल शाह तथा पूर्व राजकुमारी प्रेरणा नर्भिक अस्पतालमा भर्ना भएका थिए।

RAWA Hills Town Property

RAWA Hills Town Property

‘अस्पतालमा उहाँलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो। लगातारको उपचारपछि उहाँको स्वास्थ्यमा निकै राम्रो सुधार भएको थियो। कोरोनाका लक्षणहरु हराएपछि उहाँको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो। त्यसपछिको अवस्थामा पनि राम्रो सुधार भएपछि उहाँलाई आज डिस्चार्ज गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ।

अस्पतालमा उपचाररत पूर्व रानीको अवस्था सुधारोन्मुख रहेको बताइएको छ। स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको अस्पतालले जनाएको छ। उनलाई केही दिनअघि अवस्थामा सुधार भएपछि आइसीयूबाट वार्डमा सारिएको थियो। उनको उपचार प्लाज्मा थेरापी विधिबाट समेत गरिएको अस्पतालले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय