
बिहान झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका ३ बस्ने ४४ वर्षिय जितबहादुर लिम्बु रहेका छन् । बिहान ५.२० बजे स्थानीय रतुवामाई वृक्षरोपण आयोजनाको सामुदायिक वनक्षेत्र नजिक जंगली हात्तीले लिम्बुलाई आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी केर्खाबाट प्रहरी टोली गई घट्नास्थल सुरक्षित राखिएको र थप अनुसन्धानका लागि इप्रका दमकबाट टोली गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।