jQuery(document).ready(function($){ //
});

दमक ३० बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ।

दिउँसो २ बजेपछि शुरु भएको वार्ता ६ बजेसम्म चलेको हो। व्यवसायी रामेश्वर थापाको चपलीहाइटस्थित घरमा भएको सहमति नजिक पुगेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

वार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले वार्ता सकरात्मक भएको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘मैले अस्ति पठाएको पत्रमा प्रस्ताव गरेको ६ बुँदामा छलफल भयो। फागुन २८ को निर्णय कसरी फिर्ता लिने भन्ने विषयमा कुरा भयो। छलफल जारी रहन्छ।’

उनले सासंद पदबाट राजीनामा दिने विषय केही समयलाई टरेको उनले बताए। उनले अहिले नै सहमति भने भइनसकेको तर विभिन्न चरणमा वार्ता जारी रहेको बताए। वार्ताबाट बाहिर निस्किँदा नेता नेपाल खुशी नै देखिएका छन्।

माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको २३ फागुनको फैलासले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेको पार्टी कमिटी पनि एकताअघिको अवस्था अर्थात २०७५ जेठ २ मा पुग्नुपर्ने माग गरेको छ ।

तर २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट नेताहरुको जिम्मेवारी हेरफेर, माओवादी केन्द्रबाट आएका नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेपछि दुई समूहबीच फाटो बढ्दै गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय