
नेपाल सुपर लिग अन्तर्गतको आज भएको खेलमा ललितपुर सिटी एफसीमाथि सान्दार जीत निकाल्दै काठमाडौं रेजर्स एफसी फाइनलमा प्रवेश गरेको छ। बिहीबार दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोलले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो। अब उपाधिका लागि काठमाडौंले धनगढी एफसीसँग आगामी शनिबार प्रतिस्पर्धा गर्नेछ। यसअघि धनगढीले काठमाडौंलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो।