jQuery(document).ready(function($){ //
});

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय ९ बजे सकिदै छ । काँग्रेस र माओवादीले बहुमत जुटाउन नसकेपछि केपी शर्मा ओलीकै नेतृत्व दोहोरिने पक्का भएको हो । राष्ट्रपतिले दिएको समय अबको केहि मिनेटमा सकिदै छ त्यसको लगतै प्रधानमन्त्रीको नियुक्ति हुने स्रोतले बताएको छ ।  आजदिनभर कांग्रेस–माओवादीले बहुमतका लागि प्रयास गरेपनि अन्य दलहरुले सहयोग नगरेपछि उनिहरु पछि हटेका हुन् । 

आजै ९ : ३० बजे राष्ट्रपतिले संसदको सबैभन्दा ठूलो दलको हैसियतमा केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्ने शितल निवास स्रोतले जनाएको छ । प्रधानमन्त्रीमा आज नियुक्त भएपनि सपथग्रहण कार्यक्रम भने भोलि हुने बुझिएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय