
भोजराज घिमिरे ।। बिराटनगर ।।
मोरङका विभिन्न अस्पतालमा थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा तीन, नोबेल अस्पतालमा तीन र विराट मेडिकल शिक्षण अस्पताल बूढीगंगामा एक संक्रमितको मृत्यु भएको हो ।
विराटनगर–११ का ३८ वर्षीय पुरुष, विराटनगर–६ का ५६ वर्षीय पुरुष र इटहरी–५ का ७९ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए ।
यस्तै, महोत्तरीको पिपरा गाउँपालिका–१ का ७७ वर्षीय पुरुष, सुनसरीको धरान–१ का ३८ वर्षीय पुरुष र धनकुटाको छथर–जोरपाटी गाउँपालिका–४ का ५६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।
विराटनगर महानगरका ४९ वर्षीय पुरुषको पनि कोरोनाले मृत्यु भएको विराट मेडिकलको कोभिड अस्पतालका इन्चार्ज डा। सुनील देवले जानकारी दिए ।