
वरिष्ठ हाँस्य कलाकार कलाकार मदनकृष्ण श्रेष्ठको अस्पतालबाटै आफ्नो जन्मदिन मनाएका छन् । आज अक्षय तृतीया नेपाली तिथिअनुसार परेको आफ्नो जन्मदिन उनले अस्पतालमै मनाएका हुन् ।
कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचारत श्रेष्ठको मेडिसिी मै मनाइएको हो । उनकी छोरी सरना श्रेष्ठले अस्पतालमै पीपीई सेट लगाएर बुबाको जन्मदिन मनाएकी हुन्।
जन्मदिनको अवसरमा सपरिवारले अस्पतालमै गएर सप्राईज तरिकाले सेलिब्रेसन गरेका हुन्। मदनकृष्णको स्वास्थ्यमा सुधार आइरहेको छ। अस्पतालबाटै मदनकृष्णले सबैलाई सुरक्षित रहन आग्रह गरेका छन्।