jQuery(document).ready(function($){ //
});

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा मेडिकल प्रयोजनको लागि अक्सिजन वितरण गर्ने भएको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अस्पताल अनुसार कोटा तोकेर अक्सिजन वितरण गर्दै आएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अक्सिजन वितरणको व्यवस्था मन्त्रालयले गर्ने बताए । बिरामी संख्याका आधारमा अक्सिजन सहज बनाउन कोटा तोक्नैपर्ने भन्दै उनले यो काम अब मन्त्रालयले गर्ने बताए । अब अस्पतालहरुले बिरामीको संख्या स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दिनुपर्ने र त्यही संख्याको आधारमा अक्सिजन उपलब्ध गराइने प्रवक्ता डा। गौतमले बताए । ‘जहाँ धेरै बिरामी छ, त्यो अस्पतालले धेरै पाउँछ, कम बिरामी हुनेले कम पाउँछ’ उनले भने ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय