
काँकरभिट्टा । मेचीनगर र बुद्धशान्तिमा शनिबार लामो समय विद्युत अवरुद्ध हुने बताइएको छ ।
नेपाल विद्युत प्राधिकरण धुलावारी वितरण केन्द्रले दिएको जानकारीमा ९ घण्टा विद्युत प्रसारण बन्द हुनेछ ।
नेपाल बिद्युत प्राधिकरण धुलाबारी ३३/११ के.भी. सबस्टेशनको पावर ट्रान्सफर्मरको मर्मत तथा नयाँ सिटि जडान गर्नु पर्ने भएकाले मेचीनगर नगरपालिका तथा बुद्धशान्ति गाउँपालिका क्षेत्रका सबै स्थानमा विद्युत आपूर्ती बन्द हुने जनाएको हो ।
साथै काम सम्पन्न भएको खण्डमा जुनसुकै समयमा विद्युत प्रवाह सूचारु गरिनेसमेत वितरण केन्द्रले जनाएको छ ।