
हाँस्य कलाकार राजाराम पौडेलले महावीर पुनको नेपाल आविश्कार केन्द्रलाई अक्सिजन किन्नका लागि १ लाख रुपैंया सहयोग प्रदान गरेका छन। उनले केन्द्रको बैंक खातामा रकम जम्मा गरिदिई महावीर पुनलाई सो जानकारी गराएका थिए। अक्सिजनको आवश्यकता बारे हाँस्य कलाकारले सामाजिक सन्जालमा लेखेका छन-
” कोरोनाको कारण धेरै नेपाली दाजुभाइ,दिदी बहिनीहरुले ज्यान गुमाइरहनु भएकोछ,पैसाको कारण भन्दा पनि अक्सीजन नपाएको कारणले,धेरैको ज्यान गइरहेकोछ।मस्तीष्कमा लाग्यो पैसाले स्वास फेर्न सकिदो रहेनछ,स्वास फेर्न अक्सीजननै चाहिदो रहेछ।त्यसैले अक्सीजन को ब्यबस्था गर्न बिश्वासिलो र आफ्नो सम्पूर्ण जीबन समाज सेबामा अर्पण गर्नु भएका डा महावीर पुनको संस्था राष्ट्रीय आबिस्कार केन्द्रलाई आफुले सकेको सहयोग अर्पण गरेको छु।सम्पूर्णलाई पनि सहयोगको लागि अनुरोध गर्दछु।
पैसाले स्वास फेर्न सकिन्न, स्वास फेर्न अक्सीजननै चाहिन्छ।”