
दमक।। झापा दमककी सुमित्रा भण्डारी (सुवेदी) डेनमार्कका लागि राजदूत सिफारिस भएकी छिन् । पुर्व प्राध्यापक समेत रहेकी उनी अनेमसंघ झापाको पुर्व अध्यक्ष पनि हुन् । मन्त्रीपरिषद बैठकले ११ मुलुकमा राजदूत नियुक्त गर्ने निर्णय गरेको थियोे । नेकपा एमालेमा रहेर उनले लामो समयदेखि राजनीति गर्दै आएकी थिईन । झापा दमक ५ निवासी महिला नेत्री नेकपा एमाले १ नं प्रदेश कमिटी सदस्य रहेकीछन् ।