
पहिलो नेपाल सुपर लिग फुटबल प्रतियोगिताको उपाधि काठमाडौं रेजर्सले जितेको छ । दशरथ रंगशालामा शनिबार भएको फाइनल खेलमा काठमाडौं रेजर्सले धनगढी एफसीलाई १–० गोलले हरायो। काठमाडौंका विदेशी खेलाडी मेसौके ओलाउमुले गोल गरे। उनले २१ औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। जितसँगै काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पनि पाएको छ। प्रतियोगिताअन्तर्गत अघिल्ला दुवै भिडन्तमा धनगढीले काठमाडौंलाई हराएको थियो।