
भक्तपुरमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । प्रहरीले जवरजस्तीकरणी गरेको आरोप एक ५२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने ५२ वर्षीय भिम बहादुर बन रहेका छन् ।
भिम बहादुरले ती बालिकालाई सोही ठाउँस्थित टहरामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।