jQuery(document).ready(function($){ //
});

महेन्द्रनगर । अछाममा जारी निषेधाज्ञा १० दिन थपिएकोे छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र अछामको सिफारिस र जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

थपिएको निषेधाज्ञाको अवधी आईतवार राती १२ बजेदेखि सुरु भई जेठ १२ गते राती १२ बजेसम्म लागु हुने जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । पछिल्लो केही दिन यता जिल्लामा कोरोना संक्रमणको दर बढ्नुका साथै संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेपछि निषेधाज्ञा लम्ब्याईएको प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले बताए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेक सम्पुर्ण सवारीसाधन बन्द हुनुका साथै खाद्य सामग्री, औषधी र स्वास्थ्य सामग्रीका पसल मात्रै तोकीएको समयमा खोल्न पाईनेछ ।

अछाममा कोरोनाको दोस्रो लहरमा १ हजार १७ जनामा कोरोना पुष्टि हँुदा ८ सय ३१ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

जिल्लामा पहिलो लहरमा ५ जना र दोस्रो लहरमा ११ जना गरि १६ जनाको कोरोनाबाट मृत्यु भईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय