
साताको पहिलो कारोबार दिन नेप्से ५४ अङ्क बढेर बन्द भएको छ। बिगतको हप्तामा केहि साइडवेज भएको बजारले आइतबार बलियो बुलिस सिग्नल देखाएको हो । आजको दिन बजार २७३८.३५ अङ्कमा आएर उभिएको छ। बजारले केपि ओलीको प्रधानमन्त्रीको रुपमा निरन्तरतालाई पनि रुचाएको बुझिएको छ । अघिल्लो क्लोजिङ् अलटाइम हाई २७३५ थियो ।
आज सबै सहायक परिसूचकहरु सकारात्मक भएर बन्द भएपनि विकास बै्क र जीवन बिमा कम्पनीहरुमा खरीदकर्ताको विशेष चाप देखिएको थियो । आज रुरु जलविद्युत आयोजनाले सबै भन्दा धेरै १० प्रतिशतको बढोत्तरी गरेको छ भने ८ वटा कम्पनीको सेयर भाउले सर्किट ब्रेक गरे ।
बजारले भोल्युमका साथ अलटाइम हाई बनाएकाले बजार अझ बढ्ने आँकलन गर्न सकिन्छ ।