jQuery(document).ready(function($){ //
});

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बसेको बैठक भर्खरै सकिएको छ । बैठकले कोरोना महामारीविरुद्ध जुध्न तत्काल स्वास्थ्य संकटकाल घोषणा गर्नेभन्दा कानूनी संरचनाहरु निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी थिए । उक्त बैठकमा महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल जारी गर्ने विकल्पबारे छलफल भए पनि अहिलेका लागि कानून संरचना निर्माण गर्नुपर्नेमा जोड दिइएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। 

अहिले गर्न नसकिएको के–के काम स्वास्थ्य संकटकाल लगायो भने गर्न सकिन्छ भनेर तुलना गर्ने काम भइरहेको मन्त्री ज्ञवालीले जानकारी दिए। ‘अहिले गर्न नसकेको के–के काम चाहिँ स्वास्थ्य संकटकाल लगायो भने हामीलाई गर्न सजिलो हुन्छ भन्ने बारेमा हामी तुलना गरिरहेका छौं,’ मन्त्री ज्ञवालीले भने, ‘रिजल्ट आउने हो भने घोषणा गर्नुपर्ने हुन्छ। नभए स्वास्थ्य संकटकाल घोषणा गरेर मात्रै रिजल्ट आउने होइन।’

RAWA Hills Town Property

RAWA Hills Town Property

आइतबारको बैठकमा महामारी नियन्त्रणका सन्दर्भमा ३ वटा क्षेत्रमा समस्या देखिएको भनेर छलफल भएको परराष्ट्र मन्त्री ज्ञवालीले बताए। पहिलो समस्याको रुपमा स्वास्थ्य प्रणाली एकीकृत नहुनु, दोस्रो खरिद प्रक्रियाका कारण अत्यावश्यकीय सामग्रीहरु खरिद गर्न नसकिनु र तेस्रो कानूनी संरचनाहरु नहुनु भनेर छलफल भएको ज्ञवालीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय