jQuery(document).ready(function($){ //
});

उर्लाबारी, २ जेठ । कोभिडको दोस्रो लहरका कारण समुदायमा रक्तदान आयोजना हुन छाड्ेका पछि उर्लाबारीमा रहेको ब्लड बैकमा अभाव हुने थालेको छ ।

नेपाल रेडक्रस सोसाईटी ब्लड बैक उर्लाबारीमा झापा, सुनसरी र बिराटनगरका अस्पतालबाट रगतको लागि दैनिक दर्जनौ पिन्ट रगतको लागि बिरामीका आफन्तहरु आउने गरेपनि पर्याप्त रगत बैकमा नभएका कारण माग अनुरुप दिन नसकिएको सो बैकका ईन्चार्ज प्रकाश राजवंशीले बताएका छन । उता सो सोसाईटीका सभापति मदनबाबु प्रसाईले कोभिड संक्रमणको महामारीमा अस्पतालमा रगतको अभावमा छटपटई रहेका बिरामीहरुको उपचारको लागि मानविय सेवाको महान कार्यमा सहयोग पुर्याउन सवै संघ–संस्था तथा रक्तदाता महानुभावहरुलाई अनुरोध गर्दै तत्काल रक्तदान कार्यक्रमको आयोजना गर्न असमर्थ भए पनि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा रहेको बैकको सेवा केन्द्रमा गएर रक्तदान गर्न सम्वन्धीत सवैमा आग्रह गरेका छन ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सभापति प्रसाईले तपाईले दिएको एक पिन्ट रगतले कसैको जिवन जिउन मदत पुग्छ भने त्यो भन्दा उत्कृष्ट मानविय सेवा अरु हुन नसक्ने भन्दै आजै देखि यस बिप्तीमा जुट्न पुन : आग्रह गरेका छन । उर्लाबारीमा ३ बर्ष अघि देखि उपशाखाले ब्ल्ड बैक स्थापना गरी हजारौ बिरामीहरुलाई रक्तदानको सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय