jQuery(document).ready(function($){ //
});


नवलपुर ०३ जेठ । गैँडाकोट नगरपालिकाभित्र होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै पुगेर औषधि वितरण सुरु गरिएको छ। नगरपालिकाको वडा नं २ र ४ बाट सङ्क्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न आयुर्वेद औषधालय र आधारभूत स्वास्थ्य एकाइले होम आइसोलेशनमा रहेका बिरामीलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श र औषधि वितरण सुरु गरेको हो।
औषधालयका प्रमुख वरिष्ठ कविराज निरीक्षक विष्णुप्रसाद पौडेलका अनुसार आइतबार ३४ जना सङ्क्रमितलाई अश्वगन्धा चूर्ण, आमलकी, जेठीमधु, गुड्चीलगायतका आयुर्वेदिक औषधि वितरण गरिएको छ। आयुर्वेदिक औषधि वितरणको कार्यक्रम नगरपालिकाका अन्य वडामा समेत सञ्चालन हुने उनले बताए। पौडेलसँगै आधारभूत स्वास्थ्य एकाइ गैँडाकोटका प्रमुख सिनियर अहेव अधिकृत टुकराम सुवेदी र औषधालयका कर्मचारी गोपालप्रसाद सापकोटासहितको टोलीले उक्त कार्यमा खटेको छ।
गैँडाकोट–२ मा ८१ र ४ मा ७२ गरी दुई वटा वडामा मात्रै १५३ कोरोना सङ्क्रमित छन्। पछिल्लो चौबीस घण्टामा गैँडाकोटका २२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। – रासस

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय