jQuery(document).ready(function($){ //
});

महेन्द्रनगर । कञ्चनपुरमा महेन्द्रनगर वितरण केन्द्रको लापरवाहीले करेन्ट लागेर भैसी मरेको छ ,भने भैसी मालिक राधा देबी पन्तलाई समान्य करेन्टको झटका लागेको छ । वेदकोट नगरपालिका ९ सुन्दपुरमा सिसैया कथ्था फैक्ट्री नजिक ११ हजार भोल्टेजको बिजुलीको तार भुइमा छोईएको थियो ।

भैसी चर्दै गएको अवस्थामा तारमा छोइन गएको र करेन्ट लागेर मरेको स्थानिय भोजराज पन्तले बताए । विगत २ बर्ष महेन्द्रनगर वितरण केन्द्रको चरम लापरवाहीभएको उनले बताए । पहिला देखी उक्त तार भुईमै रहेको र उक्त तारमा करेन्ट नभएको महेन्द्रनगर वितरण केन्द्रले बताएको उनले बताए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

आईतवार बेलुकी ६ बजेतिर भैसीले घाँस खादै गर्दा अचानक भैसीको सिङमा तार अल्झिएको र पछि भैसीको शरिरमा तारले छोए पछि त्यहि मरेको राधादेबी पन्तले बताईन् । पछि आफुले तार हटाउन जाँदा आफुलाई पनि करेन्टको झटका लागेको उनले बताईन् ।

सोमवार प्रहरीले मुचुल्का उठाएर गएको र आफनो १ लाख २५ हजारको भैसीको मुल्य रहेको भैसी मालिक पन्तले बताईन ।

यता महेन्द्रनगर वितरण केन्द्रका प्रमुख मनोज शर्माले आफुले कर्मचारीलाई उक्त ठाँउमा पठाएको र सबै घटना बारे जाँच गरिने बताए । वितरण केन्द्रको गल्ति भए उचित क्षतिपुर्ती दिईने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय