jQuery(document).ready(function($){ //
});

महेन्द्रनगर । महाकाली अस्पतालको आईसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई कञ्चनपुरका केही युवा व्यावसायी र पत्रकारहरुले अस्पतालमा कोरोना भाइरसको संक्रमणको उपचार गराईरहेका बिमारीहरुलाई निशुल्क खाजा खुवाउने भएका छन् ।

सोमवार बाट निशुल्क रुपमा अबको ६ महिना सम्म तातो पानी , दूध , फलफुल , अण्डा र हप्ताको २ दिन मासु खुवाउने अभियान सुभारम्भ गरिएको अभियानका सदस्य पत्रकार पुस्कर भटटले मानसखण्डसंग बताए।

RAWA Hills Town Property

RAWA Hills Town Property

यो महामारीका बेलामा सबै मनकारी हातहरुले आआफनो तर्फबाट सक्दो सहयोग गय्रो भने कोरोना बिरामीहरुको लागि केही भएपनि थप राहत पुग्ने र उनिहरुलाई आवस्यक पर्ने पौष्टिक खानेकुराको आपुर्ती गर्न सकिने पत्रकार भटटले बताए ।

अहिले उक्त अभियानमा भीमदत्त नगरपालिका १ का अध्यक्ष आसेफ कुवर ( भुन्टु ) ( कोब्रा डान्स बार ) का संचालक सन्तोष चन्द, ( देवल ग्यास एजेन्सी ) संचालक अनुप देवल, ( घटाल फ्रुट चेम्बर ) बन्टु गुप्ता र ( उच्च अदालतका एकाउन्टेन्ट ) केशब जी ( संचारकर्मी ) पुष्कर भट्ट गरि ६ जनाले सुरुवात गरेका छन् ।

“यो अभियान कसै बाट चन्दा लिएर वा कसैलाइ दबाबमा पारेर चलाइएको अभियान होइन् ।” पत्रकार भटटले भने, “साथीहरूको अन्तरआत्मा बाट आवाज सहयोग गर्नु पर्छ भन्ने भावना पलाए पछि स्वस्फूर्त रुपमा चलेको अभियान हो ।”

अहिले ६ जनाको टोलीले यो अभियान संचालन गरे पनि पछि अन्य दाता तथा सहयोगी मनहरु पनि यो अभियानमा जोडिनको लागि पत्रकार भटटले आग्रह पनि गरेका छन् । कोरोना महामारी अवधिभर यो अभियान निरन्तर चलिरहने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय