
महेन्द्रनगर । कोरोनाको चपेटामा परेको सुदूरपश्चिममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल ३ वटा अस्पतालको लागि अक्सिजन ट्याङ्क, आइसीयू र भेन्टिलेटर खरिद गर्न बजेट निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा अक्सिजन ट्याङ्क, आइसीयू र भेन्टिलेटर खरिद गर्न २३ करोड ४० लाख बजेट निकासा गरेको हो ।
महाकाली अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटर सहित एउटा अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क जडान गर्न ९ करोड ८० लाख,सेती अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटर र अक्सिजन ट्याङ्क खरिद गर्न ६ करोड ८० लाख, त्यस्तै डडेल्धुरा अस्पतालमा पनि १० आइसीयू, ५ भन्टिलेटर र एउटा अक्सिजन टयाङ्क खरिद गर्न ६ करोड ८० लाख बजेट निकासा गरिएको प्रतितिधिसभा सदस्य नारदमुनी रानाले जानकारी दिएका छन् ।
उक्त रकम संघीय स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिम प्रदेश सरकारलाई निकासा दिएको प्रतितिधिसभा सदस्य रानाले बताए ।