jQuery(document).ready(function($){ //
});

अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमणका कारण निधन भएको छ बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
स्वासप्रश्वासमा समस्या आएपछि उनलाई वीएण्डसी हस्पिटल भर्ना गरिएको थियो । पीसीआर परीक्षणमा कोरोना संक्रमण पोजेटिभ आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । लामो उपचार गरिरहँदा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । गत वैशाख १७ गते थप उपचारका लागि बीएण्डसीमा भर्ना गरिएको थियो ।संक्रमणपछि केही दिन आफ्नै क्वाटरमा र त्यसपछि २ दिन अर्जुनधारा नगरपालिकाले स्थापना गरेको आइसोलेसनमा राखिएको थियो । 

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय