
झापाको दमकमा पछिल्लो समयमा दूइ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो आम्दा अस्पताल दमकमा एक जना र आज लाईफलाइन अस्पतालमा १ जनाको मृत्यु भएको बताईएको छ । आज विहान दमक ५ की एक संक्रमितको मृत्यु भएको दमक नगरपालिका स्वास्थ्य शाखाले जनाएकोछ ।
दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङका अनुसार ति महिलामा करिब ५ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीलाई खबर गरिसकिएको गुरुङले बताए । कन्काई नदीमा उनको आजनै उनको दाहसंस्कार गरिने जनाइएको छ । यस अघि दमकमा दोश्रोा चरणको नयाँ भेरियन्टसहितको कोराना संक्रमणका कारण ८ जनाको ज्यान गइसकेको छ । दमकमा ५ सय भन्दा बढी सक्रिय संक्रमित छन ।