
।।रौतहट।।
रौतहट जिल्लाको ईशनाथ नगरपालिका ४ महुलियास्थित सीमा ईलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरीले करीव २ लाख ५ हजार रुपैयाँ बराबरको १ सय ५० कार्टुन स्याउसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्सा जिल्लाको बीरगंज महानगरपालिका ८ बस्ने ३५
वर्षिय सुभाष श्रेष्ठ र बारा जिल्लाको कलैया उपमहानगरपालिका ११ बस्ने ३४
वर्षिय कुमार राउत छन् ।
नेपालबाट अवैध रुपले प्र २–३–००१ च ७४१ नम्बरको बलेरो पिकअप गाडीमा राखेर भारततर्फ लैजाँदै गरेको उक्त स्याउसहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट औरहियाबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरीले उक्त स्याउ लैजान प्रयोग भएको सो गाडी समेत बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनालाई बरामद स्याउ तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ । बरामद गाडीको भन्सार मुल्य १० लाख रुपैयाँ रहेको छ ।