jQuery(document).ready(function($){ //
});

दमक,५ जेठ । दमकमा कोरोना संक्रमणको दर बढेपछि उपचारमा समस्या आउन सक्ने भन्दै नेपाली कांग्रेसले आफनो पार्टी कार्यालयको भवन कोभिडको उपचारका लागि दिने भएको छ ।
दमक ५ स्थित कांग्रेस दमक नगर समिति र क्षेत्र न. ५ को क्षेत्रीय पार्टी कार्यालयको भवन कोभिड विरामीका लागि दिने निर्णय भएको क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले वताए ।
उनले पार्टी कार्यालय दुवै सभाहलमा कोभिडका विरामीका लागि आइसोलेसन सेन्टर बनाउन आवश्यक भए नगरपालिकालाई दिन तयार भएको वताए । उनले भने,–‘अहिलेको यो विपत्ति रोकथाममा स्थानीय सरकारलाई साथ दिन कांग्रेस सधै सकरात्मक छ, त्यसैअनुसार हामीले पार्टी कार्यालय भवन कोभिडका विरामी राख्न दिएका छौं’
पूर्वपश्चिम राजमार्गको दमक ९ स्थित पश्चिम बसस्टेण्डसंगै जोडिएको पार्टी कार्यालयको दुवै सभाहल उपयुक्त संरचनामा निर्माण भएकाले त्यसलाई अहिलेको महामारी रोकथामका लागि दिन तयार भएको नगर सभापति रोशन बिष्टले बताएका छन् ।
कांग्रेस नगर सहसचिव दिपेश दाहालले कोभिडका विरामीका लागि स्थानीय सरकारले आवश्यकता महषुष भए पार्टी कार्यालय भवन उपयोगमा ल्याउन आजनै साँचो दिन आतुर भएको बताए ।
दुवै सभाहलमा करिव ३० वेड क्षमताको आइसोलेसन सेन्टर बनाउन सकिनेको अवस्थाका रुपमा रहेको कांग्रेस क्षेत्र नम्बर ५ प्रदेश खका सभापति पदम लिम्बूले वताए

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय