
कञ्चनपुरमा जारी निषेधाज्ञा थप लम्बाईएको छ । कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कञ्चनपुरले जेठ १५ गते राति १२ बजेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको भए पनि कोरोना संक्रमणमा खासै नियन्त्रण नभए पछि निषेधाज्ञा लम्बाइएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिएका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीब्र रुपमा बढ्दै गइरहेको र दिन प्रतिदिन संक्रमणको जोखिम उच्च हुँदै गएकाले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी महतोे ले बताए । अस्पतालहरुको क्षमताभन्दा बढी मानिसहरु अस्पतालमा उपचारार्थ आइरहेको र संक्रमण जोखिम बढ्दै गइरहेको भन्दै थप निशेधाज्ञा लम्ब्याइएको बताइएको छ ।