jQuery(document).ready(function($){ //
});

 शेयर बजारमा नयाँ ऐतिहासिक रेकर्ड बनेको छ । बुधबार एकैदिन सर्वाधिक कारोबार, सर्वाधिक कित्ता शेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको हो ।

साताको कारोबारको चौंथोदिन दिन नेप्से १३.९ अकले बढेर २७८०.८१ विन्दुमा पुगेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

त्यसदिन लगानीकर्ताको रोजाइमा कारोबारका आधारमा पुनर्बीमा कम्पनीको शेयर परेको छ । पुनर्बीमाको ५५ करोड ६९ लाख १८ हजार १०१ रुपैयाँ बराबरको ३ लाख ३२ हजार ६७४ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स आधारमा दोस्रो नम्बरमा परेको छ । त्यसदिन नेशनल लाइफको ४५ करोड ३४ लाख ७३ हजार ५८ रुपैयाँ बराबरको ३ लाख ५१ हजार १७३ शेयर खरिद–बिक्री भएको छ।

कारोबारको तेस्रो नम्बरमा नेशनल हाइड्रोपावरको शेयर परेको छ । नेशनल हाइड्रोपावरको ३० करोड ६० लाख ४० हजार ८५३ रुपैयाँको कारोबार भएको छ ।

कारोबारको चौथो नम्बरमा राधि विद्युतको शेयर परेको छ । त्यसदिन राधिको २९ करोड ७३ लाख ९० हजार ९४५ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।

कारोबारको पाँचौं नम्बरमा सगरमाथा इन्स्योरेन्स शेयर परेको छ । त्यसदिन सगरमाथा इन्स्योरेन्सको २२ करोड ३५ लाख ७८ हजार ९४० रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय