
राजीव गुरुङ पुनः गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री बनेका छन् । दोस्रो पटक मुख्यमन्त्री बनेका पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्री मण्डल विस्तार गर्दा दीपक मनाङेका नामले परिचित गुरुङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
वैशाख १६ गते पहिलो पटक मनाङेलाई खेलकुद मन्त्री नियुक्त गरेपछि त्यसको दश दिन पछि मुख्यमन्त्री गुरुङले राजीनामा दिएका थिए । जसका कारण मनाङेले १० दिन मात्र मन्त्रालय सम्हाल्ने अवसर पाएका थिए । यसअघि समाजिक मन्त्रालयबाट खेलकुदलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय गठन गर्दै मनाङलाई मन्त्री बनाइएको थियो ।
मुख्यमन्त्री गुरुङले ५ सदस्यीय मन्त्री मण्डल विस्तार गर्दा यसअघिकै मन्त्रीहरुलाई निरन्तरता दिएका छन् । किरण गुरुङ,रामशरण बस्नेत, नरदेवी पुन मगर र विकास लम्सालले बुधबार सपथ लिएका थिए ।
मनाङे भने काठमाडौंमा रहेका कारण सपथमा उपस्थित थिएनन् । अधिकांश यसअघिको मन्त्री परिषद्मा पनि थिए । मनाङबाट खबाट मनाङे स्वतन्त्र नर्विाचित भएका थिए । उनी पछि नेकपा एमालेमा प्रवेश गरेका थिए ।
