दुर्घटनामा ज्वाइँ सासुको घटनास्थलमै मृत्यु , तीन जना गम्भिर
मोरङको पथरीमा गएराती भएको दुर्घटनामा दुई जना ज्वाइँ सासु भएको मृत्यु भएको छ । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पथरी शनिश्चरे २ जय चोकमा पहिचान नखुलेको गाडीले मे १ च १८५१ नम्बरको स्कोरपियोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापाको झापा गाउँपालिका वडा नं ५ का अन्दाजी ६०/६५ बर्षिय लक्ष्मी पौडेल र मोरङको रंगेली ३ रञ्जनी बस्ने अन्दाजी ७० बर्षिया विष्णुमाया शिवाकोटी रहेका छन । उनीहरुको घटनास्थलमानै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रदेश कार्यालय इटहरीले जनाएको छ । मृतक दुई जना बीच ज्वाइँ साुको सम्बन्ध रहेको बताइएको छ । झापाबाट उनीहरु पश्चिम तर्फ आन्त बिरामी भेटनका लागि नाते जाने क्रममा सो दुर्घटना भएको बताइएको छ । सो दुर्घटनामा स्कोरपियोका चालक विर्तामोड २ चारपानेका ३३ बर्षिय बिकास उप्रेती, स्कोरपियोमा सवार झापा गा.पा. वडा नं २ की ४५ बर्षिया बिनिता पौडेल र झापा हल्दिबारी गा.पा. वडा नं ५ का २५ बर्षिय रोशन उप्रेती गम्भिर घाईते भएका छन । उनीहरुको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको पनि ट्राफिक प्रहरीले जनाएको छ ।






