jQuery(document).ready(function($){ //
});

नेपाल टेलिकमले सोमबार देखि नेपालमै पहिलोपटक फोरजी प्रविधिमा आधारित उच्च गुणस्तरीय आवाज सेवा अर्थात् ‘भीओएलटीई’ सेवाको परीक्षण सुरु गरे पनि आइफोनले यो सूविधा नदिएको भन्दै तत्काल सुविधा दिन भन्दै टेलिकमले पत्र लेखेको छ । 

टेलिकमले आइतबार एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकलाई इमेल लेख्दै उक्त ब्यान्डमा भीओएलटीई खुला गरिदिन आग्रह गर्दे पत्र लेखेको हो । आइफोनले २० ब्यान्डअन्तर्गतको आठ सय मेगाहर्ज फ्रिक्वेन्सीका लागि भीओएलटीई सुविधा नदिँदा नेपालका आइफोन प्रयोगकर्ताले यो सुविधा लिन पाएका छैनन् । नेपालका कुल मोबाइल प्रयोगकर्तामध्ये ७.७३ प्रतिशतले आइफोन प्रयोग गर्छन् तर आइफोन प्रयोगकर्ताले टेलिकमको भीओएलटीई सुविधा प्रयोग गर्न पाएका छैनन । 

RAWA Hills Town Property

RAWA Hills Town Property

टेलिकमका अनुसार यो सेवा सामसङ, साओमी, नोकियाका सीमित मोडल भएका प्रयोगकर्ताले पनि लिएका छन् । टेलिकमका अनुसार परीक्षण सुरु भएको दुई दिनमा मात्र एक लाख ३७ हजारभन्दा बढीले आफ्नो मोबाइलमा भीओएलटीई सक्रिय बनाए । तर भीओएलटीईको निःशुल्क कलसहितको प्याकेज भने १५ हजारभन्दा बढीले मात्र पाएका छन् ।

भिभो, ओप्पो, हुवावे, वनप्लस, रियलमीलगायतका नेपालमा प्रचलित मोबाइल निर्माता कम्पनीलाई भीओएलटीई सेवा प्रयोग गर्न मिल्नेगरी प्रणाली व्यवस्थापन गर्न आग्रह गरिसकेको छ । त्यसमध्ये ओप्पोबाहेक बाँकी सबैले सकारात्मक प्रतिक्रिया दिएको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय