jQuery(document).ready(function($){ //
});

अद्वैत संस्था द्वारा सञ्चालित राष्ट्रव्यापी वृहत् सत्सङ्ग समारोह ज्ञान महायज्ञ पुर्वार्ध समुह नम्बर १ टोलिको आह्वानमा अद्वैत संस्था डाँगीवारी साखा बाह्रदशी -६, झापा को आयोजनामा साखा प्रमुख जयनारायण उप्रेतीको सभापतित्व मा एक दिवशिय ज्ञान महायज्ञको टोलिका केन्द्रीय निरीक्षक ओमराज पुरी ज्यूले दिप प्रज्वलन पुर्वक उद्घाटन ०७६ साल मंसीर १५ गते बिहान गर्नु भएको हो ।

सो ज्ञान महायज्ञमा भुदेव ब्राम्हण वर्गबाट वैदिक स्वस्ति वाचन र शिव प्रसाद लामिछने ज्यू गुरू वन्दना साखाका सचिव श्याम बाबू उप्रेती ज्यूबाट स्वागत मन्तव्य गर्नुभयो । सो कार्यक्रममा ब्रम्हज्ञानी श्री गुरुदेव डा. क्षितिज चन्द्र चक्रवर्ती ज्यू द्वारा रचित नेपाली वेद , गितामृत , मोक्षको अनन्य मार्ग , शंकाराचार्य र भगवत दर्शन बोधसार आदि ग्रन्थहरूको मेचि अंचल कार्यबाहक निर्देशक दयाराम कोइराला, बागमती अंचल सदस्य मोहन बिक्रम शाही, सर्लाही जिल्ला कोषाध्यक्ष अनन्तराज आचार्य, दाङ्ग चिस साखा प्रमुख शिव प्रसाद लामिछाने , मेचि अंचल सदस्य हरिप्रसाद पौडेल, बिर्तामोड साखा उप- प्रमुख लक्ष्मी प्रसाद प्रसाईँ आदिले पारायण गर्नुभयो।

RAWA Hills Town Property

RAWA Hills Town Property

समारोहमा कोशि मेचिका पदाधिकारी हरु र अन्य साखाहरूबाट र स्थानिय मुमूक्षु हरुको ठुलो उपस्थिती थियो ।

साथै यहि टोलि अद्वैत संस्था मेचि अंचल कार्यालय बिराटपोखर झापामा यहि मिति २०७६/०८/१६ र १७ गते संचालन हुने द्वि- दिवसीय ज्ञान महायज्ञ संचालन गर्नका लागी आज मंसीर १५ गते बेलुकी नै त्यस तर्फ प्रस्थान गर्दैछ । र उक्त ज्ञान महायज्ञमा उपस्थितिका लागी समस्त भक्त सज्जन मुमूक्षु वृन्दमा हार्दिक निमन्त्रणा पनि गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय