
दमक/ पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गा.पा. वडा नं. ३ सानो केर्खामा गएराती स्कारपियोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पश्चिमवाट पुर्व तर्फ जादै गरेको प्र३–०१–००२४ च ४५३५ नम्बरको स्कारपियोको ठक्करबाट शिवसताक्षी १ धरमपुरका ६२ बर्षिय साने दर्जीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । राती करीब पौने ९ बजे बाटो क्रस गर्दै गरेका पैदलयात्री दर्जीलाई स्कोरपियाले ठक्कर दिएको थियो । सो सवारीका चालक मकवानपुर हेटौडा उमनपा. वडा नं. २२ का २८ बर्षिय बिष्णु दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।