jQuery(document).ready(function($){ //
});

कोरोना महामारीलाई मध्यनजर गर्दै अध्यागमन विभागले तत्कालका लागि भिसा सेवा स्थगित गरेको छ।

विभागले नयाँ प्रजातिको संक्रमणमा वृद्धि भएको भन्दै विहीबार अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिएको जनाएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

लकडाउनको कारण नेपालमा अलपत्र परेका विदेशी, कारागारबाट सुपुर्दगी गर्नुपर्ने र देश निकाला गर्नुपर्ने, पासपोर्ट प्रक्रियाले रोकिएका र अन्य अत्यावश्यकीय कामले रोकिएकालाई भने भिसामा सहजीकरण गरिने जनाइएको छ ।

यसैगरी अध्यागमन विभागको स्थान हदमा रहेका र कारागार एंव अन्य निकायबाट जिम्मा लगाईएका विदेशीहरुको निष्काशन सम्बन्धि कार्य गरिने छ।

यस्तै नेपालमा जन्म भै विदेशी राहदानी प्राप्त गरेका नावालक यसै अवधि भित्र विदेश प्रस्थान गर्ने भएमा निजलाई प्रदान गरिने प्रवेश भिसा सम्बन्धि कार्य पनि गरिने भएको अध्यागमन विभागले जनाएको छ।

यस अवधिमा नेपाल बाहिर प्रस्थान गर्ने विदेशीको हकमा प्रस्थानको समयमा अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलबाटनै भिसा नियमित गर्न सकिने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय