jQuery(document).ready(function($){ //
});

तीन सातापछि सुरु हुन लागेको युरो कप फुटबलका लागि पोर्चुगलले आफ्नो प्रारम्भिक टोली घोषणा गरेको छ । प्रमुख प्रशिक्षक फर्नान्डो सान्तोषले गत राति क्रिस्टियानो रोनाल्डोको कप्तानीमा २६ सदस्यीय टोली घाष्ोणा गरेका हुन् । महत्त्वपूर्ण प्रतियोगिताका लागि सान्तोषले अधिकांश प्रमुख खेलाडीलाई समेटेर टोली घोषणा गरेका छन् ।

पोर्चुगल डिफेन्डिङ च्याम्पियन टोली हो । २०१६ मा फ्रान्समा भएको युरो कप पोर्चुगलले सान्तोषकै कमान्ड र रोनाल्डोकै कप्तानीमा जितेको थियो । पोर्चुगल यसपटक पनि डिफेन्डिङ च्याम्पियनका हैसियतमा उपाधि रक्षा गर्ने लक्ष्यसाथ प्रतियोगितामा सामेल हुनेछ । तुलनात्मक रूपमा २०१६ को भन्दा अहिलेको पोर्चुगलको राष्ट्रिय निकै बलियो र खतरनाक छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property


युरो कपमा पोर्चुगल समूह ‘एफ’मा परेको छ । यो समूहलाई प्रतियोगिताकै ‘सडन डेथ ग्रुप’ मनिएको छ । किनभने, यस समूहमा युरोपका सबैभन्दा खतरनाक टोलीहरू परेका छन् । जसमा पोर्चुगलबाहेक फ्रान्स र जर्मनी पनि यसै समूहमा छन् भने चौथो टोली हंगेरी हो । हंगेरीबाहेक बाँकी ३ वटै टोली युरोपमा हेभिवेट टोली हुन् । जर्मनी र फ्रान्स पूर्वविश्वकप विजेता हुन् ।


पोर्चुगलले युरो कपमा सहभागी हुनुअघि दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । जसमा उसले पहिलो खेल स्पेनसँग खेल्नेछ भने दोस्रो खेल इजरायलसँग खेल्नेछ । यी दुई खेलपछि पोर्चुगल युरो कपमा होमिनेछ । पोर्चुगलले चीर प्रतिद्वन्द्वी हंगेरीसँग खेल्दै यस संस्करणको युरो कपको सुरुआत गर्नेछ । यसपटक युरो कपको एकै समूहमा पोर्चुगल, फ्रान्स र जर्मनीले एकअर्काको सामना गर्ने हुँदा यी तीन टोलीका खेल नै समूह चरणमा निर्णायक हुने देखिन्छ ।

Goalkeepers:
Anthony Lopes (Lyon)
Rui Patrício (Wolverhampton Wanderers)
Rui Silva (Granada)

Defenders:
João Cancelo (Manchester City)
Nélson Semedo (Wolverhampton Wanderers)
José Fonte (Lille)
Pepe (Porto)
Rúben Dias (Manchester City)
Nuno Mendes (Sporting Lisbon)
Raphael Guerreiro (Borussia Dortmund)

Midfielders:
Danilo Pereira (Paris Saint-Germain)
João Palhinha (Sporting Lisbon)
Rúben Neves (Wolverhampton Wanderers)
Bruno Fernandes (Manchester United)
João Moutinho (Wolverhampton Wanderers)
Renato Sanches (Lille)
Sérgio Oliveira (Porto)
William Carvalho (Real Betis)

Forwards:
Pedro Gonçalves (Sporting Lisbon)
André Silva (Eintracht Frankfurt)
Bernardo Silva (Manchester City)
Cristiano Ronaldo (Juventus)
Diogo Jota (Liverpool)
Gonçalo Guedes (Valencia)
João Félix (Atlético Madrid)
Rafa Silva (Benfica)

पोर्चुगलका आगामी पाँच खेल–:
स्पेन भर्सेस पोर्चुगल – जुन ४ (मैत्रीपूर्ण)
पोर्चुगल भर्सेस इजरायल – जुन ९ (मैत्रीपूर्ण)
हंगेरी भर्सेस पोर्चुगल – जुन १५ (युरो कप)
पोर्चुगल भर्सेस जर्मनी – जुन १९ (युरो कप)
पार्चुगल भर्सेस फ्रान्स – जुन २३ (युरो कप)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय