jQuery(document).ready(function($){ //
});

 प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन आग्रह गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज पत्रकार सम्मेलन गर्नुहुँदै प्रधानमन्त्री ओलीले 

RAWA Hills Town Property

RAWA Hills Town Property

बजेटको चाप र विश्वासको मत नपाउने भएर नयाँ सरकार गठन गर्न आह्वान गरेको बताउनुभयो । 

राष्ट्रपति प्रति भएको अनावश्यक टिक्का टिप्पणी गणतन्त्र विरोधी खेल भएको भन्दै प्रधानमन्त्री ओलीले सरकारले गरेको सिफारिसको जबाफदेही प्रधानमन्त्री आफै हुने बताउनुभयो । 

वैकल्पिक सरकारका लागि मार्ग प्रसंस्त गर्दा संविधान विरोधी नभएको भन्दै प्रधानमन्त्री ओलीले सरकारका विरोधीहरूलाई एक जुट भएर वर्तमान सरकार विस्थापित गर्ने बाटो खोल्दिएको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले राष्ट्रपतिले उपलब्ध गराएको समयमा अरू कसैले सरकार बनाए आफु र आफ्नो दलले  रचनात्मक सहयोग हुने बताउनुभयो । दलहरूलाई आफु सरकार बनाउन सकिन्न भन्ने लाग्छ भने प्रधानमन्त्री ओलीले आफूलाई समर्थन गर्न पनि आग्रह गर्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय