
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि दाबी पेश गर्ने भएका छन् । राष्ट्रपतिले दिएको समयसीमा भित्रै प्रधानमन्त्रीका लागि दावी पेश गर्ने तयारी कांग्रेसले गरेको हो ।
अहिले कांग्रेस लगायत विपक्षी दलहरुले हस्ताक्षर संकलन गरिरहेको बताइएको छ । विपक्षी गठबन्धनले आफूहरुसँग १४९ जना सांसद रहेको दाबी गरेका छन् । अहिले सिंहदरबारमा बाँकी रहेका सांसदहरुलाई हस्ताक्षर गराइएको छ ।