
नयाँ प्रधानमन्त्रीका लागि २ जनाको दावी परेको छ । प्रधानमन्त्रीमा दाबीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमामा दुई वटा दाबी परेका हुन् ।
प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित दाबी गरेका छन्। उनले कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको डा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसदहरुको हस्ताक्षर सहित दाबी गरेका हुन्।
यस्तै केपी शर्मा ओलीले पनि बहुमत सांसदको हस्ताक्षर सहित दावी गरेका छन् । ओलीले आफ्नो पार्टीका १२१ र जनता समाजवादी पार्टीका समेत सांसद गरि १५३ जनाको हस्ताक्षर बुझाएका छन् ।
अहिले चारैतिर निर्णयको पर्खाइ भइरहेको छ ।