
।। भोजराज घिमिरे ।। मोरङ्ग ।।
सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज २ महिला र ५ पुरुष गरी ७ जना कोरोना संक्रमितको मृत्य भएसँगै प्रदेश १ मा पछिल्लो तीन दिनको अविधिमा आज कम मृत्यु भएको हो । यस अघि बुधबार २१ जना र विहिबार २३ जनाको मृत्यु भएको थियो । मृतकको सैख्या ७२५ पुगेको छ । मुत्यु हुनेमा २१४ महिला र ५२१ पुरुष रहेका छन् ।
मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी सुनसरीमा ३ जनाको संक्रमितको मृत्यु भएको छ भने मोरङ र झापामा १–१ जनाको मृत्यु भएको छ । प्रदेश १ बाहिरको २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा नेपालमा ७८९० जना कोरोना संक्रमणमुक्त भएका छन भने ८६०७ जना संक्रमित थपिएका छन् ।
२४ घण्टामा संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ पीसीआर परीक्षणमा ८,४०७ र ८७३ एन्टिजेन परीक्षणमा २ सय जना गरी ८,६०७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । जसमध्ये १ लाख १६ हजार १९२ जना सक्रिय संक्रमित छन् ।