jQuery(document).ready(function($){ //
});

झापा । गौरादह नगरपालिका ४ निवासी ३० वर्षीय सन्तोष ताजपुरियाको विराटनगरस्थित कोसी कोभिड अस्पतालमा गए राति १२ बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।

ताजपुरियाले महिना दिनअघि मात्र विवाह गरेका थिए । उनको आमा शान्तिदेवी ताजपुरियाको वैशाख २३ गते मृत्यु भएको थियो । आमाको पनि कोरोना सङ्क्रमणबाटै मृत्यु भएको हो। ताजपुरियाको घरमा वैशाख १० गते विवाह भएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

विवाह सकिए लगतै केही दिनभित्रै सन्तोष ,उनकी नवदुलही, आमासहित परिवारका पाँच जना सदस्यलाई कोरोना संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएपछि सन्तोष वैशाख २४ गतेदेखि उपचाररत थिए । गए राति सन्तोषको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले जानकारी दिए ।

त्यस्तै सन्तोषकी श्रीमतीको पनि कोसी कोभिड अस्पतालमा उपचार भइरहेको उनले बताए । मानिसको भिडभाड हुने गरी घरमा भएको विवाहबाटै संक्रमण फैलिएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए । नयाँ भेरियन्टबाट गौरादहमा पाँच जनाको मृत्यु भइसकेको जनाइएको छ । (बिभिन्न अनलाइनबाट साभार गरिएको )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय