
कोरोना महामारी नियन्त्रणका लागि लगाईएको निषेधाज्ञाका कारण समस्यामा परेका सर्वसाधारणलाई दमकमा निशुल्क खाना वितरण गर्न थालिएको छ ।
कुनै आम्दानी तथा रोजगारी नभएका र सडकमै जीवन बिताउँदै आएकाहरुलाई लक्षित गरि खाना खुवाउन थालिएको हो । गएको जेष्ठ ३१ गते देखि पूर्व बस स्टेण्ड आसपासमा उनीहरुलाई खाना खुवाउने गरिएको अभियान संयोजक पण्डित कुवेर सुवेदीले जानकारी दिनुभयो । यसरी दैनिक खाना खानेको संख्या ५० भन्दा बढि रहेको जनाईएको छ । यो अभियानलाई युवाहरुको सिटी बक्स नामको समुहले सहयोग गर्दै आएको छ ।