jQuery(document).ready(function($){ //
});

जनता समाजवादी पार्टीको कार्यकारिणी बैठक जारी छ। जसपाका अध्यक्ष उपेन्द्र यादवले बोलाएको कार्यकारिणी बैठकमा ३१ सदस्य उपस्थित रहेको कार्यकारिणी सदस्य इस्तियाक राईले बताए।

‘अहिले अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ,’ राईले भने,‘संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठले प्रतिवेदनमाथि छलफल गरेकाछन् ।’

RAWA Hills Town Property

RAWA Hills Town Property

बैठक कुन स्थानमा भइरहेको भन्ने प्रश्नमा स्थान बताउन नमिल्ने उनले बताए। यता जसपाका अध्यक्ष महन्थ ठाकुरले उक्त बैठक स्थगित गरिएको भन्दै प्रेस विज्ञप्ति नै जारी गरिएपछि ठाकुर पक्षका कुनै पनि सदस्य उपस्थित भएका छैनन्।

ठाकुर पक्षका एक जना कार्यकारिणी सदस्य उक्त बैठक स्थगित भएको तथा बहुमत कार्यकारिणी सदस्य अनुपस्थित भएकाले उक्त बैठकले गर्ने निर्णयले कुनै पनि मान्यता नपाउने बताउछन्। ​जसपाको कार्यकारिणी समिति ५१ सदस्यको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय