
स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले रोनाल्डो र मेस्सीलाई पछि पार्दै ओन्जी डी ओर अवार्ड जितेका छन् ।
यो साता ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा पूनरागमन गर्नु र राष्ट्रिय युनियन अफ प्रोफेसनल फुटबलर्सबाट फ्रान्स बाहिर खेल्ने फ्रान्सको उत्कृष्ट खेलाडी बनेका बेन्जेमाले मेस्सी, लेवान्डोस्की र एमबाप्पेलाई पछि पार्दै ओन्जी डी ओर अवार्ड जितेका हुन् । सन् २०२१ मा युरोपियन फुटबलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै ओन्जी मुन्डियाल र समर्थकको रोजाईबाट बेन्जेमाले उक्त अवार्ड हात पारेका हुन् ।
अवार्ड जितेका ३३ वर्षीय बेन्जेमाले ४७.३ प्रतिशत मत पाए । दोस्रो स्थानमा रहेको मेस्सीले २०.१ प्रतिशत, तेस्रो स्थानमा रहेको रोबर्ट लेवान्डोस्कीले ११.३, एमबाप्पेले १०.३, ब्रुनो फर्नान्डेसले ३.५, रोनाल्डोले ३.२ मत पाए ।