jQuery(document).ready(function($){ //
});

नेकपा एमालेले वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार रामवहादुर थापालाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै १४ जना प्रदेश सांसदलाई कारवाही प्रकृया अघि बढाएको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको संसदीय बोर्डको बैठकले अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसहित १४ जना सांसदसँग २४ घण्टे स्पष्टिकरण माग्ने निर्णय गरेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

आफ्नै पार्टीका उम्मेवारलाई पराजित गर्न अगुवाई गरेको भन्दै १४ जना प्रदेश सभा सदस्यलाई आइतवार साँझ ५ बजेसम्म स्पष्टिकरण पेश गर्न भनिएको प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले बताउनुभयो । लामो समयदेखि संसदीय दल, पार्टी र दलको नेता तथा सरकारविरुद्ध गतिबिधि गरेको र चुनावमा पार्टीलाई हराउन भूमिका खेलेको कारण कारवाही किन नगर्ने भनी स्पष्टिकरण मागिएको उहाँले बताउनुभयो  ।

स्पष्टिकरण सोधिएका प्रदेशसभा सदस्यहरु
१.अष्टलक्ष्मी शाक्य (बोहोरा)
२. राजेन्द्रप्रसाद पाण्डे
३.अरुण प्रसाद नेपाल
४। .बसन्तप्रसाद मानन्धर
५. रचना खड्का
६.कृष्णप्रसाद शर्मा खनाल
७. शान्तिप्रसाद पौडेल
८.मुनु सिग्देल
९ .ईन्द्रमाया गुरुङ
१० . मिना ज्ञवाली
११. बसुन्धरा हुमागाँई
१२.लक्ष्मण लम्साल
१३ .कुसुम कुमार कार्की
१४. पार्वती सिलवाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय