jQuery(document).ready(function($){ //
});

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोतान्त्रिक भएको बताएका छन्।

शनिबार एक विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले प्रधानमन्त्रीका लागि विपक्षी गठबन्धनबाट वस्तुगत आधार पेश भइसकेको अवस्थामा पनि संसद् विघटन गरिनु असंवैधानिक कदम भएको बताएका हुन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उनले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणालाई असंवैधानिक भन्दै संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन आह्वान गरेका छन् ।

कोभिडको यस्तो परिस्थितिमा निर्वाचन गराउँदा संक्रमणको जोखिम बढ्नुका साथै जनतमा आर्थिक व्यहभार पनि थपिने उनको भनाइ छ ।

उनले संविधानको धारा ७६(५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्था प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै पनि प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु कदापि सैवैधानिक कदम मान्न नसकिने दाबी गरेका छन् ।

उनले संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि अहिलेको प्रतिगमनविरुद्ध सम्पूर्ण शक्तिहरु एक भएर संघर्षमा उत्रिन आह्वान पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय