
स्पेनिस ला लिगामा सिजनको अन्तिम चरणको खेल आज हुँदैछ। ला लिगामा एट्लेटिको मड्रिड र रियाल मड्रिड उपाधि होडमा छन्। सिजनको अन्तिम खेल आज लालिगाका सबै टोलि एकै साथ प्रतिस्पर्धा गर्ने छन् । खेल नेपाली समय अनुसार राति १०:४५ मा हुनेछ ।
एट्लेटिको मड्रिड र रियाल मड्रिड दुवै टोलिले आ–आफ्नो खेल जितेमा एट्लेटिकोले २०१४ पछि पहिलोपटक उपाधि जित्नेछ। समान खेल खेलेका दुवै टोलि ८३ अंक सहित एट्लेटिको पहिलो स्थानमा छ भने रियलको ८१ अंक सहित दोस्रो स्थानमा छ। एट्लेटिकोले रियाल भालाडोलिडविरुद्ध सिजनको अन्तिम खेल खेल्ने छ भने रियालले भिल्लारियालसँग खेल्नेछ।
रियाल खेलमा जित निकाल्यो र एट्लेटिको बराबरीमा रोकियो खण्डमा हेड–टु–हेडको आधारमा रियाल विजयी हुनेछ।