jQuery(document).ready(function($){ //
});

नेपालमा कोरोना संक्रमणको दोस्रो लहरले अन्तराष्ट्रिय उडान समेत प्रभावित छ । जसका कारण विदेशमा रहेका नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपाली श्रमिक उतै रोकिन बाध्य छन् ।

यसैबीच सरकारले विदेशमा समस्यामा परेका नेपालीको समस्या समाधान गर्न छुट्टै संयन्त्र बनाएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सरकारले कोरोना लगायत विभिन्न कारणले अप्ठेरोमा परेका श्रमिकको समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाएको वैदेशिक रोजगार वोर्डले जानकारी दिएको छ ।

विदेशमा समस्यामा परेका श्रमिकको बारेमा विभिन्न कुटनितीक नियोग मार्फत बुझने काम भइरहेको वैदेशिक रोजगार बोर्डको भनाई छ ।

श्रमिकको बारेमा गम्भिर भएर उनीहरुको समस्या सम्बोधन गर्न तत्काल समस्या सम्बोधन हुने गरी संयन्त्र बनाइएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।

मन्त्रीस्तरीय निर्णय अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयोजकत्वमा परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक, विभागका महानिर्देशक र वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिसहितको छुट्टै संयन्त्र बनाएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ बताए ।

संयन्त्र बने संगै काम सुरु भइसकेको र समस्यामा परि अलपत्र श्रमिक के कति छन् भन्ने बुझने काम भइरहेको उनको भनाई छ ।सञ्चारको काम वैदेशिक रोजगार बोर्डमा रहेको कल सेन्टरले गर्ने निर्णय भए संगै त्यसै अनुसार कल सेन्टर मार्फत बुझने काम भइरहेको वोर्डको भनाई छ ।

वैदेशिक रोजगार वोर्डले वैदेशिक रोजगारीमा गएका र फर्किएकाहरुलाई सही सूचना दिनका लागि बोर्डले सहायता कक्ष सञ्चालन गदै आएको छ ।अहिलेको अवस्थामा बुझदा विदेशमा समस्या अलपत्र परेका श्रमिक खासै नपाइएको श्रेष्ठले बताए ।
एक जना जोर्डनमा नेपाली श्रमिक बिरामी परेका कारण नेपाल ल्याउनुपर्ने अवस्था रहेको र उक्त श्रमिकको बारेमा कसरी ल्याउने भन्ने विषयमा काम भइरहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

दोस्रो चरणको कोरोना महामारी फैल्न थाले संगै विदेशमा रहेका श्रमिकको अवस्था बारेमा आफूहरु गम्भिर भएर लागि रहेको र समस्या परेको अवस्थामा श्रमिकलाई तत्काल कसरी नेपाल ल्याउन सकिन्छ भन्ने बिषयमा परिणाम गरि तयारी अवस्थामा रहेको वोर्डको भर्नाइ छ ।

विदेशमा कामको करार अवधि सकिएका, भिसाको म्याद सकिएका विरामी लगायत स्वदेश फर्कन टिकट काटेर बसेका सयौको संख्यामा नेपाली रहेको बताईन्छ ।

वोर्डले विदेशमा वैधानिक रुपमा श्रमस्वीकृति लिएर गएका श्रमिकलाई कोरोना महामारीको समयमा बाहके सामान्य अवस्थामा समेत उद्वार गर्ने गर्छ साथै विदेशमा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव समेत नेपाल ल्याउने गर्छ । समाचार साभारः गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय