jQuery(document).ready(function($){ //
});

स्पेनिश ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ । शनिबार राति भएको सिजनको अन्तिम खेलमा रियाल भल्लाडोलिडलाई २–१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले उपाधि जितेको हो ।

भल्लाडोलिडको मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरेया र लुइस सुआरेजले एक एक गोल गरे । भल्लाडोलिडका ओस्कार प्लानोले एक गोल फर्काए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

घरेलु मैदानमा शुरुआती अग्रता जोगाउन नसकेपछि भल्लाडोलिड पराजित भयो । ओस्कारले खेलको १८ औं मिनेटमा गोल गरे । कोरेयाले ५७ औं मिनेटमा गोल फर्काए । ६७ औं मिनेटमा सुआरेजले गोल गर्दै जिताए ।

एट्लेटिकोले सात वर्षमा पहिलो उपाधि जितेको हो । पछिल्लो पटक एट्लेटिकोले सन् २०१४ मा उपाधि जितेको थियो । एट्लेटिकोको यो ११ औं ला लिगा उपाधि हो ।

अर्को खेलमा दोस्रो स्थानको रियल मड्रिडले भियारियल विरुद्ध २-१ कै पुनरागमन जित हात पारेपनि उपाधि रक्षा गर्न सकेन । एट्लेटिकोले बराबरीमा रोकिएको भए र रियल विजयी भएको अवस्थामा रियल हेड टु हेडमा विजेता बन्ने थियो । तर दुवै टोलीले एक गोलले पछि परेपनि त्यसलाई उल्टाएर जित हात पार्‍यो ।

एट्लेटिकोले ३८ खेलबाट ८६ अंक जोड्दा रियलले ८४ अंक जोड्यो । रियलले भने २००९-१० पछि यस सिजन कुनै पनि ट्रफी जित सकेन ।

यसअघि नै उपाधि हवडबाट बाहिरिएको बार्सिलोनाले अन्तिम खेलमा आइबरलाई १-० ले पराजित गर्दै तेस्रो स्थानमा लिग सकाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय