jQuery(document).ready(function($){ //
});

 ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको चौतर्फी आलोचना भइहरको बेला विवादास्पद सबै सूचना वेभसाइटबाट गायब भएको छ ।

राष्ट्रपति कार्यालयको वेभसाइटबाट धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिएको र प्रतिनिधिसभा विघटन सम्बन्धी महत्वपूर्ण सूचना राष्ट्रपति कार्यालयको वेभसाइटबाटै हटाइएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

राष्ट्रपति कार्यालयले जेठ ६ गते संविधानको धारा ७६(५) अनुसार २१ घण्टाको सूचना दिएर जारी गरेको पत्र वेबसाइटमा राखेको थियो ।

त्यस्तै, जेठ ७ गते मध्यरात प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले पेस गरेको सरकार गठनसम्बन्धी दाबी विधिसम्मत नभएको भन्दै तीन पृष्ठ लामो विज्ञप्ति राष्ट्रपति कार्यालयले आफ्नो वेभसाइटमा राखेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार र शुक्रबार जारी गरेका ऐतिहासिक सूचनाहरु सार्वजनिक पहुँचबाट झिकिए भन्दै विरोध भैरहेको छ । यी सूचनाहरुका साथै जेठ महिनाका अरु सूचना पनि हटाइएको छ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने भन्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार शुक्रबार अपराह्न ५ बजेसम्म बहुमत जुटाई कुनै पनि प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री पद दाबी गर्न आह्वान गरेकी थिइन्।

जुन समयभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी पत्र पेस गरेका थिए।

तर आफूसँग बहुमत नभएकै कारण विश्वासको मत नलिने घोषणा गरी एकैचोटि नयाँ सरकार गठनका लागि बाटो खुलाएका प्रधानमन्त्री आफैं १७५ सांसद मेरो समर्थनमा छन् भनेर सरकारको दाबी गर्न पुगेपछि राष्ट्रपतिले शुक्रबार मध्यराति दुवैको दाबी खारेज गर्र्दै प्रतिनिधि सभा विघटन गरेकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय