
दमकको इलाका प्रहरी कार्यालयका प्रमुख र एक जना वडा अध्यक्षमा संक्रमण देखिएको छ । दमकका डिएसपी नवराज कार्की र दमक ५ का वडा अध्यक्ष इन्द्रबहादुर गुरुडलाई कोरोना संक्रमण पुष्टि भएको हो । वडा अध्यक्ष गुरुङले नाकममा सामान्य समस्या देखिएपछी पीसीआर गरेको बताए । उनले स्वास्थ्य अवस्था सामान्य नै रहेको उल्लेख गरे ।
यस्तै डिएसपी कार्कीले सावधानी अपनाउदा अपनाउदै संक्रमण भेटेको जनाए । उनले कार्यालय भित्रै आराम गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरे । उनले स्वास्थ्य सावधानी अपनाउन र घर भित्रै बस्न अपिल गरेका छन् । बिहिवार गरिएको पीसीआर परिक्षणमा दुबैलाई कोरोना संक्रमण पुष्टि भएको थियो । दमकमा संक्रमणको दर ह्वातै बढेको छ । निषेधाज्ञामा कडाइ नगरिदा संक्रमण थप फैलन सक्ने देखिएको छ ।