jQuery(document).ready(function($){ //
});

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारी संकटका बेला राजनैतिक जालझेल सिर्जना गरी जनदायित्वबाट पन्छिन खोज्ने सरकारलाई जनताले कहिले माफी नदिने बताएका छन् ।

स्वास्थ्य जस्तो गम्भीर समस्यालाई थाती राखेर सरकार र राजनीतिक दलहरुले देशलाई दुर्घटनातर्फ धकेल्न उद्यत रहेको समेत उनको भनाई छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिनिधिसभा विघटन भएपछि शनिबार सामाजिक सञ्जालमा ट्विट गर्दै पूर्वराजा शाहले लेखेका छन्– ‘यस वैश्विक महामारीको संकटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयिक राजनैतिक जालझेल सिर्जना गरी, जनताको स्वास्थ्य जस्तो गम्भीर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय